२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

साइपालको काँडामा सौर्य मिनिग्रिड सञ्चालन, १४७ परिवार लाभान्वित

shivam cement
सत्यराज सिंह
२०८२ माघ ३ गते १६:२४
Shares
साइपालको काँडामा सौर्य मिनिग्रिड सञ्चालन, १४७ परिवार लाभान्वित

बझाङ : बझाङको दुर्गम साइपाल गाउँपालिका–३ काँडामा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु भएको छ । ६८ किलोवाट क्षमताको सौर्य मिनिग्रिड सञ्चालनमा आएपछि १४७ परिवारसँगै व्यावसायिक र सरकारी कार्यालयमा नियमित विद्युत् सेवा पुगेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोगमा निर्माण गरिएको मिनिग्रिडमा गाउँपालिकाको १० प्रतिशत लगानी र स्थानीय उपभोक्ताको १० प्रतिशत श्रमदान रहेको छ । गाउँपालिका अध्यक्ष मानबहादुर बोहराका अनुसार मिनिग्रिड सञ्चालनपछि स्थानीयले २४ घन्टा विद्युत् सेवा पाउन थालेका छन् ।

मिनिग्रिडबाट प्रहरी चौकी, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र गाउँपालिका सहितका सरकारी कार्यालयमा समेत विद्युत् आपूर्ति भइरहेको छ । यसअघि सीमित समयका लागि मात्र बत्ती बाल्न पाउने स्थानीयले अहिले नियमित रूपमा विद्युत् प्रयोग गर्न पाएको उपाध्यक्ष डोल्मा तामाङले बताइन् ।

No description available.

उनका अनुसार बाटोको अभावका कारण सामग्री ढुवानीमा समस्या हुँदा पछिल्लो समय हेलिकप्टरमार्फत सामग्री ढुवानी गर्नुपरेको थियो । उनले भनिन्, ´पहिले राति मात्रै बत्ती आउँथ्यो, अहिले चौबीसै घन्टा बत्ती आएको छ ।`

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका अनुसार परियोजनाको कुल लागत ६ करोड ६ लाख ६७ हजार ९ सय ९८ रुपैयाँ रहेको छ । मिनिग्रिड निर्माणको जिम्मा सौर्य ऊर्जा प्रालिले पाएको थियो । आयोजना शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

सौर्य मिनिग्रिड सञ्चालनमा आएसँगै स्थानीयको दैनिकी सहज हुनुका साथै गाउँपालिकाकाे सेवा प्रवाह र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएकाे साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बाेहराले बताए । साथै शुक्रबारदेखि गाउँपालिकाले साइपाल गाउँपालिकाकाे काँडाबाट सेवा दिने भएकाे छ । यसअघि चैनपुरमा कार्यालय लिएर सेवा दिइएको थियाे ।

No description available.

सम्बन्धित खबर