२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

shivam cement
२०८२ माघ ३ गते १७:२८
Shares
महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

महोत्तरी : जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ । 

उक्त कार्यालयका अनुसार जिल्लामा चार लाख ३१ हजार २८२ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा निर्वाचन क्षेत्र नम्बर १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ४२२ महिला र अन्य दुई जना गरी जम्मा मतदाता संख्या एक लाख पाँच हजार ६४६ जना कायम भएका छन् । 

यसैगरी, निर्वाचन क्षेत्र नं २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला, निर्वाचन क्षेत्र नं ३ मा ५९ हजार ९५० पुरुष र ५० हजार ८८६ महिला, निर्वाचन क्षेत्र नं ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ४५६ महिला कायम भएका निर्वाचन अधिकारी झाले बताए । 

यसैगरी, ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन् । योसँगै जिल्लामा मतदाता संख्या चार लाख ३१ हजार २८२ पुगेको छ । यसअघि जिल्लामा तीन लाख ९७ हजार ३० जना मतदाता थिए । अब जिल्लामा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र कायम भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा जम्मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र कायम भएका छन् ।

यसैगरी, क्षेत्र नं २ मा ६२ वटा मतदानस्थल र १३३ वटा मतदान केन्द्र, क्षेत्र नं ३ मा ७७ वटा मतदानस्थल र १४२ वटा मतदान केन्द्र, क्षेत्र नं ४ मा ६० वटा मतदानस्थल र १३१ वटा मतदान केन्द्र कायम भएका छन् ।

सम्बन्धित खबर