
ललितपुर : ललितपुरको कुमारीपाटी जावलाखेल विकास संस्थाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
प्रथम अधिवेशनले संस्थाको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । संस्थाको अध्यक्षमा पुष्प रत्न शाक्य पुनः निर्विरोध भएका हुन् । शाक्य ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष समेत हुन् । यस्तै संस्थाको उपाध्यक्षमा प्रकाश खड्गी, अनिल श्रेष्ठ र वीरेन्द्र शाक्य, सचिवमा पुरुषोत्तम शाही र कोषाध्यक्षमा किरण खड्गी चयन भएका छन् । यस्तै संस्थाको कार्यसमिति सदस्यमा शैलेन्द्र शाक्य, कपिल शाही, बुलाल महर्जन र निर्मला खड्गी निर्वाचित भएका छन् ।
संस्थाले स्थानीय विकास र समुदायको हितमा कार्य गर्दै आइरहेको छ । नयाँ कार्यसमितिले कुमारीपाटी र जावलाखेल क्षेत्रको विकासका गतिविधि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अधिवेशनमा निर्वाचन कमिटीका निर्वाचन अधिकृत अधिवक्ता बाबुकृष्ण महर्जनले निर्वाचनको परिणाम घोषणा गरेका थिए ।