२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

देउवा पक्षीय कांग्रेस आज सर्वोच्च जाँदै

shivam cement
२०८२ माघ ४ गते ०९:१३
Shares
देउवा पक्षीय कांग्रेस आज सर्वोच्च जाँदै

काठमाडौँ : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष आज सर्वोच्च अदालत जाने भएको छ । कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च जान लागेको हो ।

पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वलाई निर्वाचन आयोगले काँग्रेसको मान्यता दिएपछि देउवा समूह यसको विरुद्धमा छ ।

देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । कानुनी पाटोको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।

सम्बन्धित खबर