२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

संसद् भवन निर्माण समयमै पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

ADV
मध्यान्ह
२०८१ साउन १५ गते १६:१२
संसद् भवन निर्माण समयमै पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौंः उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संसद् भवन नौ महिनाभित्र पूरा गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा निर्माणाधिन संसद् भवनको आज निरीक्षणपछि उनले कामको गति सुस्त भएको उल्लेख गर्दै समयमै काम सक्न निर्देशन दिए ।

‘सिफ्ट बढाएर भएपनि तोकिएको समयमा भवन निर्माण सम्पन्न गर्नुपर्यो । केही अप्ठ्यारा छन् भने मन्त्रालय सहजीकरण गर्न तयार छ । समयमा सबै काम सकियोस् । आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्ने गरी तत्परताका साथ काम गर्नुहोस्’, उनले भने । तोकिएको समयावधिमा काम सम्पन्न नहुने गुनासो सुनिएपछि निरीक्षणका लागि आएको बताउदै उपप्रधानमन्त्री सिंहले कामलाई तिब्रता दिन निर्देशन दिए ।

त्यस अवसरमा मन्त्रालयका सचिव मणिराम गेलालले कम्तीमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिइएता पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए । ‘प्रतिदिन सात सय जनाले काम गर्नुपर्नेमा एकदेखि डेढ सयले काम गरेपछि अब त्यसलाई पूर्ति गर्न कामदार बढाउनुको विकल्प छैन । ठेकेदारसँग भवन निर्माण समयमै सम्पन्न गर्न छलफल गरिरहेका छौँ’, उनले भने । 

सिंहदरबार परिसरमा सङ्घीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको भवन निर्माण भइरहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise