२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

इनफिनिक्सको एक्सप्याड २० प्रो सार्वजनिक

shivam cement
२०८२ माघ ५ गते १२:०८
Shares
इनफिनिक्सको एक्सप्याड २० प्रो सार्वजनिक

काठमाडौं : इनफिनिक्सको एक्सप्याड २० प्रो नेपालमा सार्वजनिक भएको छ । ठुलो पर्दा, सशक्त कार्यसम्पादन र स्मार्ट सुविधासहितको सो ट्याब्लेट कम्पनीले नेपाली बजारमा ल्याएको हो ।

एक्सप्याड २० प्रोमा १२ इन्चको उच्च गुणस्तरीय डिस्प्ले र ९० हर्ज रिफ्रेस रेट छ । यसले भिडियो हेर्दा, अध्ययन गर्दा वा खेल खेल्दा सहज र स्पष्ट दृश्य अनुभव प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । यस्तै, एक्सप्याड २० प्रोमा आँखाका लागि सुरक्षासम्बन्धी प्रमाणीकरण भएकाले लामो समय प्रयोग गर्दा पनि आँखामा थकान नहुने हुँदा विद्यार्थी, कार्यालयमा काम गर्ने र परिवारका लागि उपयोगी हुने कम्पनको दाबी छ ।

ट्याब्लेटमा शक्तिशाली प्रोसेसर भएकाले एकैपटक धेरै काम गर्न, खेल खेल्न तथा दैनिक प्रयोगमा राम्रो कार्यसम्पादन दिन सक्ने जनाइएको छ । यसमा मोबाइल डाटाको सुविधासमेत रहेकाले वाइफाई उपलब्ध नभए पनि इन्टरनेट प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार नेपालमा एक्सप्याड २० प्रो दुई संस्करणमा उपलब्ध हुनेछ । जसमा ४ जिबी र्‍याम र १२८ जीबी भण्डारण क्षमताको एक्सप्याडको मूल्य २६ हजार ९ सय ९९ र ८ जीबी र्‍याम र २५६ जिबी भण्डारण क्षमताको मूल्य ३१ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

सम्बन्धित खबर