
काठमाडौं : ग्राउन्ड क्लियरेन्स कम भएका गाडीका लागि उपयोगी मानिएको रोजरएबको माग नेपाली बजारमा बढ्दै गएको छ । हाई ग्रेड सिलिकनले बनेको रोजरएबको मागमा वृद्धि भएको रोजरएब कार केयर लाउन्जले जनाएको हो ।
गुणस्तरीय प्रोडक्ट भएको भन्दै कम्पनीले पाँच वर्षको ग्यारेन्टीसमेत दिएको छ । गाडीको ग्राउन्ड क्लियरेन्स बढाउन र रफ सडकमा पनि सहज तरिकाले गाडी चलाउनका लागि निकै उपयुक्त हुने रोजरएब गाडीको चारवटै सस्पेन्सन क्वाइलमा ३० मिनेटमा जडान गर्न सकिन्छ ।
रोजरएब जडान गरेपछि यसले कुनै पनि पाट्र्सलाई प्रभाव नपार्ने कम्पनीको भनाइ छ । ग्राउन्ड क्लियरेन्स कम भएका गाडी सडकमा ठोक्किने, स्पिड ब्रेकरमा छुने समस्या हुन्छ, रोजरएब जडान भएपछि गाडीको ग्राउन्ड क्लियरेन्स एकदेखि डेढ इन्चसम्म बढने बताइएको छ । यसका साथै अफरोडमा हल्लिने र जर्क हुने समस्या समाधान हुने कम्पनीको भनाइ छ ।
साथै, रोजरएब जडानपछि कच्ची सडकमा गाडी चलाउँदा सस्पेन्सन बिग्रनबाट जोगाउनका साथै, गाडी खराब बाटोमा चलाउँदा पनि ह्यान्डलिङ राम्ररी गर्न सहज हुने बताइएको छ । यो इन्डियामा रोज कम्पनीले बनाएको प्याटेन्ड प्रोडक्ट हो ।