
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । जेनजी आन्दोलनपछि ओली पहिलोपटक गृहजिल्ला झापा पुगेका हुन् ।
ओलीलाई भद्रपुर विमानस्थलमा नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दैछन् ।
ओलीसँग प्रतिस्पर्धा गर्न काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका बालेन शाह पनि झापा जँदैछन् ।