२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

काठमाडौं-५ मा ईश्वर पोखरेल नै उठ्ने

shivam cement
२०८२ माघ ५ गते १५:३०
Shares
काठमाडौं-५ मा ईश्वर पोखरेल नै उठ्ने

काठमाडौं : काठमाडौं क्षेत्र नं. ५ मा पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठ्ने भएका छन् ।

पार्टीका नेताहरूको सल्लाहमा आफू उम्मेदवार बन्न लागेको पोखरेलले जानकारी गराएपछि पार्टीले उनलाई टिकट दिएको हो ।

एमालेले काठमाडौंका ९ क्षेत्रका उम्मेदवारको टुंगो लगाइसकेको छ । काठमाडौं क्षेत्र नं. ४ को उम्मेदवार भने टुंग्याउन बाँकी रहेको छ ।

काठमाडौं क्षेत्र नं. १ बाट मोहन रेग्मी, क्षेत्र नं. २ बाट मणिराम फुयाल, क्षेत्र नं. ३ बाट रामेश्वर फुयाल, क्षेत्र नं. ५ बाट ईश्वर पोखरेल, क्षेत्र नं. ६ बाट अमनकुमार मास्के, क्षेत्र नं. ७ बाट प्रकाश श्रेष्ठ, क्षेत्र नं. ८ बाट राजेश शाक्य, क्षेत्र नं. ९ बाट अजयक्रान्ति शाक्य र क्षेत्र नं. १० बाट विनोद श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । 

सम्बन्धित खबर