काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा आइतबारसम्म करिब दुई सय संस्थाले प्रतिनिधि पठाएका छन् । एसोसिएसनले सोमबार साँझ पाँच बजेसम्म सदस्यता नवीकरण गर्ने समय रहेको बताएको छ ।
समयमै साधारणसभामा भाग लिन आधिकारिक प्रतिनिधिसहित आफनो संस्थाको नवीकरण गराउनुपर्ने एसोसिएसनले बताएको छ । एसोसिएसनको साधारणसभा वैशाख ७ गते आयोजना गरिएको छ ।
सोमबार पाँच बजेसम्म संस्था नवीकरण गरी प्रतिनिधि नपठाए मतदाता नामावलीमा संस्था र प्रतिनिधिको नाम प्रकाशन गर्न नसकिने एसोसिएसनका महासचिव भवानी निरौलाले मध्यान्हलाई बताए । हाल ८ सय ६० वैदेशिक रोजगार व्यवसाय कम्पनी रहेका छन् । एसोसिएसनले अघिल्ला साधारणसभामा साढे तीन सयको हाराहारीमा साधारणसभा प्रतिनिधि दर्ता भएको भन्दै यसपटक पनि सोही हाराहारीमा प्रतिनिधित्व हुने बताएको छ ।
साधारणसभाको मिति नजिक आउँदा अध्यक्षका दुई आकांक्षी तारानाथ अर्याल र ऋषि शर्मा प्यानल बनाएर आन्तरिक प्रतिस्पर्धा गर्ने योजनामा लागेका छन् । यस्तै अर्का व्यवसायी राजकुमार कार्कीले रनि आफु उक्त संस्थाको परिकल्पनाकार रहेको र सिनिएर पनि रहेको भन्दै अध्यक्ष पदमा आफ्नो दावी रहेको मध्यान्हलाई बताएका छन् । आफ्नो प्यानलको नाम गोप्य राखेका उनीहरूले अर्को पक्षले प्यानल बनाएको कारणले आफ्नोतर्फबाट पनि बाध्यतावश प्यानल बनाउनु परेको दाबी गर्ने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies