२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

एकैपटक ९१ न्यायाधीश सरुवा

ADV
२०८१ साउन १६ गते ०६:५५
एकैपटक ९१ न्यायाधीश सरुवा

काठमाडौं : एकैपटक ९१ न्यायाधीश सरुवा भएका छन् । न्याय परिषद्ले मंगलबार एकै पटक ठुलो मात्रामा न्यायाधीशहरूको सरुवा गरेको हो । 

सरकारी अधिकारीहरूका अनुसार न्याय परिषद्को बैठकले एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको पहिलो पटक हो । 

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको हो ।

न्याय परिषद्का सचिव यमबहादुर बुढामगरका अनुसार मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले २ सचिवको सरुवा र २ जनालाई सचिव बढुवा गर्ने निर्णय गरेको थियो । 

सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्तिसम्बन्धी एजेण्डा पनि छलफलमा रहेको थियो । 

मंगलबार न्यायाधीशहरूको सरुवाको एजेण्डामा धेरै छलफल भएकाले नयाँ सिफारिस हुन नसकेको बताइएको छ । अर्को बैठकले अन्य न्यायाधीशहरूको सिफारिस गर्नेछ । 

सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीश रिक्त रहेका छन् । सर्वोच्च अदालतमा मात्रै चार जना न्यायाधीशको पद रिक्त छ । 

सर्वोच्चमा करिब साढे २५ हजार मुद्दा विचाराधीन छन् । 

यो वर्ष सर्वोच्च अदालतमा करिव ४१ हजार मुद्दा दर्ता भएका थिए । सर्वोच्चमा सोझै दर्ता भएका रिट निवेदन, उच्च अदालतको फैसलामाथि परेका पुनरावेदन, निवेदन/प्रतिवेदनलगायतको संख्या बर्सेनि बढ्दो छ ।

सर्वोच्चका न्यायाधीशहरुले पछिल्लो एक दशकको अवधिमा फैसला गर्ने क्षमता झण्डै तेब्बरले बढाए पनि विचाराधीन मुद्दाको संख्या घट्न सकेको छैन । अझ न्यायाधीश रिक्त हुँदा समस्या हुने गरेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise