
काठमाडौंः इजरायली सेनाले सोमवार इजरायल प्रहरीको कुलीन यासाम गस्ती इकाईका २४ वर्षीय सदस्य रान गभिलीको अवशेष फेला पारेको घोषणा गरेको छ । जो ७ अक्टोबर २०२३ मा मारिएका थिए र जसको शव गाजा पुर्याइएको थियो ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पत्रकारहरूलाई इजरायली सेना गभिलीको शव लिएर अन्त्येष्टिका लागि इजरायलतर्फ फर्किरहेको बताए । सेनाले एक विज्ञप्तिमा राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थानद्वारा पहिचान प्रक्रिया पूरा भएपछि सार्जेन्ट फस्र्ट क्लास रान गभिलीको परिवारलाई जानकारी गराइएको उल्लेख गरेको छ ।
यो घोषणा इजरायलले गुप्तचर सूचनाको आधारमा उत्तरी गाजाको एक कब्रिस्तानमा गभिलीको अवशेष फेला पार्न ठूलो स्तरको अभियान सुरु गरेको एक दिनपछि आएको हो । हमासकाअनुसार संयुक्त राज्य अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा अक्टोबर २०२५ मा लागू भएको युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत सबै इजरायली वन्धकहरूलाई जीवित वा अवशेषका रूपमा फिर्ता गरिएको छ ।