२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय : युनिसेफ

shivam cement
२०८२ माघ १३ गते १८:०२
Shares
अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय : युनिसेफ

काठमाडौंः अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय र महत्वपूर्ण मोड़मा पुगेको उल्लेख गर्दै संयुक्त राष्ट्रङ्घीय बाल कोष (युनिसेफ) ले १० वर्ष मुनिका ९० प्रतिशत भन्दा बढी बालबालिकाहरुले साधारण लेखपढ गर्न नपाएको जनाएको छ ।  

युनिसेफद्वारा जारी प्रतिवेदनले अफगानिस्तानको परिस्थितिलाई ‘सिकाइबिनाको विद्यालय शिक्षा’ को सङ्कटको रुपमा उजागर गरेको छ । यसै गरी प्रारम्भिक बाल्यकाल शिक्षामा निरन्तर लगानी, साथै आधारभूत साक्षरता र संख्यात्मकता, प्रत्येक बालबालिकाका लागि सिकाइ परिणामहरू सुरक्षित गर्न आवश्यक छ भन्ने कुरामा जोड दिएको छ । 

सिकाइमा चिन्ताजनक अन्तर भए तापनि लाखौँ विद्यार्थीहरू औपचारिक रूपमा देशको शिक्षा प्रणालीमा भर्ना भएको  जनाइएको छ । राष्ट्रिय विद्यालय प्रणालीमा कुल  एक करोड २० लाख भर्ना भएकामा उनीहरूले आधुनिक विज्ञान सम्बन्धि विषयहरू अध्ययन गर्ने जनाइएको छ । यसैबीच, २८ लाख भन्दा बढी विद्यार्थीहरूले धार्मिक शिक्षा लिइरहेको सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । 

यसैबीच, लाखौं अफगान बालबालिका गरिबी, आन्तरिक विस्थापन, र द्वन्द्व प्रभावित क्षेत्रहरूमा शैक्षिक सुविधाहरूमा सीमित पहुँचका कारण विद्यालय शिक्षाबाट बाहिर छन्, जसले देशको मानव पुँजीमा दीर्घकालीन प्रभावको बारेमा चिन्ता बढाएको छ । 

सम्बन्धित खबर