२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

ADV
मध्यान्ह
२०८१ साउन १६ गते १०:५३
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ : पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । गएरातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार उक्त स्थानमा यसअघि पनि पटकपटक पहिरोको खस्ने समस्या भइरहन्थ्यो । सो स्थानभन्दा मुनि मर्स्याङ्दी नदी रहेको जोखिमपूर्ण स्थल हो । सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise