२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना, अवस्था गम्भीर

shivam cement
२०८२ माघ १४ गते १०:२८
Shares
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना, अवस्था गम्भीर

काठमाडौँ : भारतीय राज्य महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान बारामतीमा दुर्घटनाग्रस्त भएको छ । बुधबार बिहान करिब ८:४५ बजे मुम्बईबाट बारामतीका लागि उडेको चार्टर विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएका छन् । उनी जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए ।

विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी पनि सवार थिए । दुर्घटनामा उनीहरू सबै घाइते भएको खबर छ ।

बारामती आसपास विमान अवतरण गर्ने प्रयासकै क्रममा दुर्घटना भएको जनाइएको छ । यो क्र्यास ल्यान्डिङ थियो वा प्राविधिक खराबीका कारण दुर्घटना भयो भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

सम्बन्धित खबर