२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

कृषिका कर्मचारीहरू फेरि आन्दोलनमा

ADV
मध्यान्ह
२०८१ साउन १६ गते ११:३४
कृषिका कर्मचारीहरू फेरि आन्दोलनमा

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि प्राविधिक कर्मचारीहरूले फेरि आन्दोलन शुरु गरेका छन् । कर्मचारीहरूले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको आग्रहमा स्थगित हरेको आन्दोलन बुधवारबाट पुनः शुरु गरेका हुन् । 

गत असार १६ गतेदेखि धर्नामा बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूले मन्त्रीको आग्रहमा साउन २ गते आन्दोलन स्थगित गरेका थिए । 

कृषिमन्त्री अधिकारीले १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै आश्वासन दिएपछि कर्मचारीहरूले आन्दोलन स्थगित गरेका थिए । तर, मन्त्रीको आश्वासन र निर्देशनले काम नगरेपछि फेरि उनीहरू बुधवारदेखि मन्त्रालय अगाडि धर्नामा बसेका छन् ।

कृषि मन्त्रालयमा समायोजन भएका कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै आन्दोलनमा छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise