२०८३ कार्तिक २३ गते सोमवार / Nov 09 , 2026 , Monday
२०८३ कार्तिक २३ गते सोमवार

गृहमन्त्रीले सहकारीको समाचार लुकाउन असफल प्रयास गरेको सिरोहियाको आरोप

Nada
२०८१ जेठ २५ गते १३:०३
Shares
गृहमन्त्रीले सहकारीको समाचार लुकाउन असफल प्रयास गरेको सिरोहियाको आरोप

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेमाथि कान्तिपुर दैनिकमा आफूविरुद्धको समाचार रोक्ने असफल प्रयास गरेको आरोप लगाएका छन् । कान्तिपुरले समाचार रोक्न नमानेपछि मिडिया ग्रुपका सीईओ कैलाश सिरोहियालाई पक्राउ गरिएको उनको दाबी छ ।

'सहकारीको ठगी गरेको विषयलाई  जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनका लागि, मिलाइदिनका लागि, तर हामीले मानेनौं,' उनले भने, 'त्यसैले आफ्नो शक्ति दुरुपयोग गर्दै झुटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो ।’ 

कैलाश सिरोहियाले नागरिकतामा किर्ते गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई कान्तिपुर दैनिककै कार्यालयबाट गत जेठ ८ गते पक्राउ गरेको थियो । ९ दिन हिरासतमा बसेपछि उनी गत १६ जेठमा हाजिर जमानीमा छुटेका थिए । त्यसको ८ दिनपछि कैलाशका छोरासमेत रहेका सम्भवले मुख खोलेका हुन् ।

उनले एक भिडिओ जारी गर्दै गृहमन्त्रीमाथि समाचार लुकाउने प्रयास गरेको गम्भीर आरोप लगाए पनि यसको कुनै प्रमाण भने प्रस्तुत गरेका छैनन् ।

laxmi recruitement

सम्बन्धित खबर