२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्दै सरकार

ADV
मध्यान्ह
२०८१ साउन १६ गते १२:५२
त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्दै सरकार

काठमाडौं : सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने तयारी गरेको छ ।

असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेको दुई वटा बस र त्यसमा सवार यात्रुको खोजी गर्न गृह मन्त्रालयले पहल थालेको हो ।

गृहसचिव एकनारायण अर्यालले बेपत्ता बस र बाँकी यात्रु खोज्न चीनसँग सहयोग माग्ने तयारी रहेको जानकारी दिए ।

अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी भइरहेको बताएका हुन् ।

गृहसचिव अर्यालले २ सय ५० किलोमिटरभन्दा बढी चल्ने सवारीमा दुई जना चालक अनिवार्य गर्ने तयारी गरिएको बताए । उनका अनुसार यात्रा गर्दा यात्रुको टिकट अनिवार्य गर्न पनि यातायात व्यवसायीलाई भनिएको छ ।

यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो । तर, बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएपछि भारतीय टोली फर्किएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise