२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले दिए राजीनामा

ADV
मध्यान्ह
२०८१ साउन १६ गते १४:२८
राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले दिए राजीनामा

काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राजीनामा दिएका छन् ।

उनले साउन ९ गतेबाटै लागू हुने गरी राजीनामा दिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।

पूर्वमुख्यसचिव बैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । बैरागीले मुख्यसचिवको कार्यकाल केही महिना बाँकी छँदा बैकुठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्दै राजीनामा दिएका थिए ।

उनलाई २०८० जेठ ३२ गते राष्ट्रिय सुरक्षा परिषदमा नयाँ पद सिर्जना गरेर राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो ।

वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने भएपछि बैरागीका लागि सरकारले उक्त पद सिर्जना गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise