२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सडक अवरोध हटाउन विज्ञसहितको द्रुत प्रतिकार्य टोली गठन

Nada
२०८१ साउन १६ गते १५:५१
Shares
सडक अवरोध हटाउन विज्ञसहितको द्रुत प्रतिकार्य टोली गठन

मकवानपुरः बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्रका सडकमा विपद्बाट हुनसक्ने अवरोध तुरुन्त हटाउने उद्देश्यले विज्ञसहितको द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।

ncell

भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले मन्त्रालयले विज्ञको सहायता लिने गरी भौतिक पूर्वाधार विकास निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच जनाको द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरेको जानकारी दिए ।

सवारी चाप भएका सडकमा वर्षादजन्य तथा प्राकृतिक विपद्का कारण आपत्कालीन आवागमनसमेत अवरुद्ध हुने र न्यूनतम सूचना प्रवाह तथा समन्वयको अभावमा वैकल्पिक पहुँचमार्ग पहिचान र सञ्चालन गर्न नसक्दा सर्वसाधारणले सास्ती भोग्दै आएको मन्त्रालयले जनाएको छ ।

मन्त्री मास्केले सो टोलीले अवरुद्ध मुख्य प्रादेशिक सडकहरुको निरन्तर पहिचान गर्ने, सूचना सम्प्रेषण गर्ने, वैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रूपमा अवरुद्ध सडक यथाशीघ्र स्रोतसाधन प्रयोग गरेर छिटो सुचारू गर्ने बताए । उक्त टोलीले अन्तरनिकाय समन्वय गर्ने, विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने, प्रचलित कानूनको अधिनमा रही कार्यक्षेत्रगत शर्तहरुको कार्यान्वयन गर्ने पनि जनाइएको छ ।

सम्बन्धित खबर