२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी अशोकराज सिग्देललाई

ADV
मध्यान्ह
२०८१ साउन १६ गते १५:५४
कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी अशोकराज सिग्देललाई

काठमाडौं : नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देलले पाएका छन् ।

बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले कामु प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी सिग्देललाई दिने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिँदैछ । त्यसको एक महिनाअघि बिदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise