२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

उदयपुरमा एचपिभी खोप अभियान सुरु

shivam cement
बिन्द्र राई
२०८२ माघ २६ गते १५:१५
Shares
उदयपुरमा एचपिभी खोप अभियान सुरु

उदयपुर : उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियान सोमबारदेखि सुरु गरिएको छ । विद्यालयमा अध्ययनरत तथा विद्यालय बाहिर रहेका किशोरीलाई लक्षित गरी जिल्लाका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

खोप अभियान त्रियुगा, कटारी, बेलका र चौदण्डीगढी नगरपालिकासहित ताप्ली, उदयपुरगढी, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा एकैसाथ सुरु भएको छ । यसपटक जिल्लाभर कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइँदैछ ।

यस्तै, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका किशोरीलाई पनि यही अभियान अन्तर्गत खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप सुपरभाइजर चिरञ्जीवी निरौलाका अनुसार जिल्लाभर गत वर्ष छुटेका २९३ जनासहित कुल ३ हजार ८४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइनेछ । जिल्लाका आठ स्थानीय तहमा रहेका २०४ सामुदायिक र ८२ संस्थागत गरी जम्मा २८७ विद्यालयमा अध्ययनरत किशोरीलाई लक्षित गरिएको छ ।

खोप अभियानका लागि जिल्लाभर ३४९ खोप केन्द्र तोकिएको छ भने ३६३ जना स्वास्थ्यकर्मी र ३९४ जना स्वयंसेवक परिचालन गरिएको छ । अभियान माघ २६ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।

तालिका अनुसार त्रियुगा नगरपालिकामा माघ २७ देखि २९, चौदण्डीगढीमा माघ २६ देखि २९, कटारीमा माघ २७ देखि फागुन १, बेलकामा माघ २६ देखि २९ गतेसम्म खोप लगाइनेछ । यस्तै, उदयपुरगढी, रौतामाई र ताप्ली गाउँपालिकामा माघ २७ देखि २९ तथा लिम्चुङबुङ गाउँपालिकामा माघ २६ देखि २९ गतेसम्म अभियान सञ्चालन हुने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर