२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

यशोधराको न्यायिक समितिमा २०.७५ प्रतिशत मात्रै मुद्दा छिनोफानो

ADV
शहबाज खान
२०८१ साउन १६ गते २१:१२
यशोधराको न्यायिक समितिमा २०.७५ प्रतिशत मात्रै मुद्दा छिनोफानो

कपिलवस्तु : कपिलवस्तुको यशोधरा गाउँपालिकाको न्यायिक समितिले २०.७५ प्रतिशत मुद्दा मात्रै छिनोफानो गरेको छ । न्यायिक समितिमा दर्ता भएको ५३ वटा मुद्दामध्ये ११ ओटा मात्रै छिनोफानो गरेको न्यायिक समितिले जनाएको छ ।

न्यायिक समितिमा दर्ता भएको ४२ वटा मुद्दा प्रकियामा रहेको न्यायिक समितिकी संयोजक गुन्जा देवी मौर्याले जानकारी दिइन् । 

संयोजक मौर्याका अनुसार न्यायिक समितिमा अधिकांश घरेलु हिंसा, जग्गासम्बन्धी, जग्गा विवाद वा भोग चलन गरेको, घरायशी झै–झगडा,लेन–देन सम्बन्धी लगायतका मुद्दाहरु दर्ता भएका छन् । न्यायिक समितिले आर्थिक वर्ष २०८०/०८१ मा २०.७५ प्रतिशत मुद्दा मात्रै फछ्र्याैट  र ७९.२४ प्रक्रियामा रहेको जनाएको छ ।

न्यायिक समिति संयोजक मौर्याले न्यायिक समितिले न्यायोचित मुद्दा छिनोफानो गर्दै आएकोले जनतालाई सहज भएको बताइन् । स्थानीय सरकारलाई मेलमिलापको माध्यमबाट विभिन्न विवाद मिलापत्र गर्ने अधिकार प्राप्त भएपछि न्यायिक समितिप्रति जनताको विश्वास बढेको उनको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise