काठमाडौं : नेपालले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ६ विकेटको सहज जित निकाल्दै नेपालले सिरिज आफ्नो पोल्टामा पारेको हो । जिम्बावे ‘ए’ले जितका लागि दिएको २१४ रनको लक्ष्य पछ्याएको नेपालले ३१ ओभर १ बलमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । ६१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका आसिफ शेखले २९ रन बनाउँदा विनोद भण्डारीले २८ रनको योगदान गरे । बलिङतर्फ जिम्बावे ‘ए’का लागि बर्नान्डो माटुवाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै ब्राड इभान्सले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ले ३२ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१३ रन बनाएको थियो । ओसिलो मैदान भएका कारण टस ढिला भएको खेल ३३ ओभरमा झारिएको थियो ।
नेपालले पाँचौं ओभरको दोस्रो बलमा नेपालले पहिलो सफलता हात पार्यो । जिम्बावे ‘ए’का इनोसेन्ट काया १२ रन बनाएर किशोर महत्वको बलमा क्याच आउट भए । ११औं ओभरको अन्तिम बलमा टाडिवान्से मारुमानीलाई ५० रनको अर्धशतकीय पारी खेलेर आउट भए । उनी दिपेन्द्र सिंह ऐरीको बलमा क्याच आउट भएका हुन् । १४औं ओभरको चौथो बलमा नेपालले तेस्रो सफलता हात पार्यो । किशोर महत्वले कुन्दाइज माउन्देलाई ३९ रनमा क्याच आउट गराए ।
१७औं ओभरको दोस्रो बलमा सोमपाल कामीले नेपाललाई चौथो सफलता दिलाए । उनले जोनाथन काम्बेललाई ३ रनमा क्याच आउट गराए । २७ औं ओभरमो तेस्रो बलमा किशोरले व्यक्तिगत चौथो र नेपालका लागि छैटौं विकेट लिए । उनले टोली मुयोन्गालाई २४ रनमा आउट गरे ।
करण केसीले नेपालका लागि २३ औं ओभरको दोस्रो बलमा पाँचौं सफलता दिलाए । उनले जुआवोलाई १६ रनमा क्याच आउट गराए । २८ औं ओभरमो चौथो बलमा रोयो काइ सातौं विकेटको रुपमा रन आउट भए । त्यसपछि ३० औं ओभरमो तेस्रो बलमा बार्ड इभान्सलाई क्याच आउट गर्दै आठौं विकेटको रुपमा क्याच आउट गरे ।
३२ औं ओभरको अन्तिम बलमा किसोरले पाँचौं विकेटको रुपमा बर्नान्डो माटुवालाई एलबीडब्लू आउट गरे । अन्तिम ओभरको पहिलो बलमा करण केसीले लेगा सिकालाई आउट गराए । सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो र तेस्रो खेलमा जित निकाल्दै सिरिज जितेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies