२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बंगलादेशमा पुरानै शक्तिको पुनरोदय

shivam cement
२०८२ फागुन ३ गते ०६:२५
Shares
बंगलादेशमा पुरानै शक्तिको पुनरोदय

काठमाडौं : बंगलादेशमा पुरानै शक्तिको पुनरोदय भएको छ । निर्वाचनमा दुईतिहाइ बढी सिट जितेर बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) शक्तिमा आएको हो ।

संसद्का तीन सय सिटका लागि भएको निर्वाचनमा बिएनपीले २०९ स्थानमा जित हासिल गरेको छ । योसँगै बिएनपीले सरकार बनाउने निश्चित भएको छ । यो पार्टीका प्रमुख तारिक रहमान हुन् । 

बंगलादेशमा आवधिक निर्वाचन भएको होइन । दुई वर्षअघिको निर्वाचनमा अवामी लिगले चुनाव जितेको थियो । नेतृत्वमा शेख हसिना थिइन् । उक्त निर्वाचनमा धाँधली गरेको आरोप उनीमाथि थियो । 

पछिल्लो डेढ दशकसम्म बंगलादेशमा शेख हसिनाको नेतृत्व सरकार चल्यो । उनी नेतृत्वको शासनलाई विपक्षीले अहंकारी भनेर टिप्पणी गर्दथे । लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गरेको आरोपहरू पनि लागेका थिए । त्यही शासनको अन्त्यको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरे । आन्दोलनका क्रममा शेख हसिनाको नेतृत्वको सरकार ढल्यो । हसिना देश छाडेर भाग्न बाध्य भइन् ।

विद्यार्थीहरूको आन्दोलनको लामो समयपछि भएको निर्वाचनमा अवामी लिगले चुनाव नै लड्न पाएन । निर्वाचनमा नयाँ र अन्य पुरना दलहरू प्रतिस्पर्धामा थिए । जनताले अर्को पुरानै शक्तिलाई सत्ताको चाबी दिए । 

पुरानो शक्ति भए पनि नेतृत्वमा नयाँ अनुहारका रूपमा रहमान शक्तिमा आएका छन् । रहमान पहिलो पटक औपचारिक रूपमा पार्टीको नेतृत्वमा आएका हुन् र चुनाव पनि पहिलो पटक नै लडेका हुन् । उनैलाई नयाँ प्रधानमन्त्री बनाउने भनेर बिएनपी चुनावमा गएको थियो । जनताले दुईतिहाइ बढी सिटमा यही दलका उम्मेदवारलाई जिताइदिए । 

पार्टी अध्यक्ष रहेकी तारिक रहमानकी आमा खालिदा जियाको डेढ महिनाअघि निधन भएको थियो । तारिक रहमानका बुबा जियाउर रहमान हुन् । जियाउर रहमान बंगलादेशको स्वतन्त्रता संग्रामका प्रमुख नेता हुन् । जियाउर रहमानको निधनपछि पत्नी खालिदा जियाले पार्टीको नेतृत्व सम्हालेकी थिइन् । 

खालिदा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री हुन् । खालिदाको पनि निधन भएपछि रहमान पार्टी नेतृत्वमा आएका हुन् ।

तर बिएनपी झन्डै २० वर्षसम्म सरकारमा थिए । यसपटकको निर्वाचनसँगै यो पार्टी सत्तामा पुग्ने निश्चित भएको हो ।

चुनावको समयमा तारिक रहमानले लोकतन्त्रलाई पुनर्स्थापना, भ्रष्टाचारविरुद्ध कदम चाल्ने वाचा गरेका थिए । अर्थतन्त्रको सुधार, राष्ट्रिय एकता कायम गर्नेलगायतका प्रतिबद्धता जनाएका थिए ।

नेपालमा पनि बंगलादेशमा जस्तै गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन भएको थियो । आन्दोलनका क्रममा तत्कालीन सरकार ढल्यो र प्रतिनिधिसभा विघटन भयो । आगामी २१ फागुनमा निर्वाचन हुँदैछ । कतिपयले बंगलादेशको निर्वाचनलाई देखाएर नेपालको निर्वाचनको सन्दर्भमा समेत व्याख्या गरिरहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर