काठमाडौं : नेपाली फिल्म ‘आदर्श नारी’का निर्देशक हेम लामाको निधन भएको छ । अभिनेता तथा पाइलट विजय लामाका पिता समेत रहेका हेमको आइतबार मनमोहन अस्पतालमा निधन भएको हो ।
छोरा विजय लामाले सामाजिक सञ्जालमार्फत हेमको निधन भएको जानकारी गराएका छन् । लामा करिब दुइ सातादेखि स्वास्थ्यमा कठिनाई आएकोले मनमोहन अस्पताल स्वयम्भूको सीसीयूमा भर्ना भएका थिए । स्वर्गीय लामाको सोमबार बौद्ध धर्मको नियम अनुसार स्वयम्भूको चिहानमा अन्तिम संस्कार गरिनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies