२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

सिद्धार्थ माध्यमिक विद्यालयलाई उपाधि

shivam cement
२०८२ फागुन ४ गते १८:५७
Shares
सिद्धार्थ माध्यमिक विद्यालयलाई उपाधि

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोटमा सम्पन्न छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिद्धार्थ माध्यमिक विद्यालय (मग्मा) ले हात पारेको छ ।

बाँफिकोट गाउँपालिका–६ मा रहेको सिद्धार्थ माविले १७ स्वर्ण, २ रजतसहित कुल १९ पदक जित्दै गाउँपालिका स्तरीय प्रतियोगिताको समग्र विजेता बनेको हो ।

यस्तै, बाँफिकोट गाउँपालिका–२ स्थित जनकल्याण माध्यमिक विद्यालय, पिपल ४ स्वर्ण, ५ रजत र ४ कांस्यसहित कुल १३ पदक जितेर दोस्रो स्थानमा रह्यो । गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत चिरञ्जीवी रेग्मीका अनुसार बाँफिकोट–४ स्थित वीरेन्द्र माध्यमिक विद्यालय १ स्वर्ण, ४ रजत र ९ कांस्यसहित कुल १४ पदक जित्दै तेस्रो भयो ।

वीरेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा फागुन १ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबार समापन गरिएको हो । प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयका विद्यार्थी–विद्यार्थीनीहरूको सहभागिता रहेको थियो ।

राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र–छात्रा सटपुट, ज्याभलिन थ्रो, त्रिपल जम्प, हाइजम्प, लङजम्प, १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, विभिन्न दूरीका रिले दौड, कबड्डी, भलिबललगायतका खेल विधामा प्रतिस्पर्धा गरिएको थियो ।

समापन कार्यक्रममा विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय र खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्बन्धित खबर