२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

एन्फा महिला च्याम्पियनसिप : न्युरोडविरुद्ध आर्मी विजयी

shivam cement
बिन्द्र राई
२०८२ फागुन ४ गते २०:२१
Shares
एन्फा महिला च्याम्पियनसिप : न्युरोडविरुद्ध आर्मी विजयी

उदयपुर : रेडबुल एन्फा महिला फुटबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रभावशाली प्रदर्शन गर्दै न्युरोड टिमलाई ६–१ गोल अन्तरले पराजित गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघ उदयपुरको सह–आयोजनामा थारुहट रंगशाला, गाईघाटमा जारी प्रतियोगिताको उक्त खेलमा न्युरोडले पहिले अग्रता लिएको थियो । न्युरोडकी जर्सी नम्बर १३ की कबिता गुरुङले पहिलो हाफको ३३औं मिनेटमा डिबक्सभित्रबाट हेडिङमार्फत गोल गर्दै टोलीलाई अघि बढाइन् ।

तर पहिलो हाफको अतिरिक्त समयमा आर्मीकी जर्सी नम्बर १८ की दिपा राईले बराबरी गोल गर्दै खेल १–१ को स्थितिमा पुर्‍याइन् ।

दोस्रो हाफमा आर्मीले खेलमाथि पूर्ण नियन्त्रण जमायो। आर्मीकी जर्सी नम्बर ८ की जेनिफर रानाले ५७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसको दुई मिनेटपछि पुनः गोल गर्दै उनले व्यक्तिगत दोस्रो गोल पूरा गरिन् । ७२औं मिनेटमा अर्को गोल थपेर जेनिफरले ह्याट्रिक पूरा गरिन्। उत्कृष्ट प्रदर्शन गरेकी उनी खेलको ‘म्यान अफ दि म्याच’ घोषित भइन् ।

खेलको ८१औं मिनेटमा आर्मीकी जर्सी नम्बर ७ की सपना लामाले गोल गरिन् । त्यसपछि ९०औं मिनेटमा उनले नै अर्को गोल गर्दै आर्मीको गोल संख्या ६ पु¥याइन्, जुन खेलकै अन्तिम गोल बन्यो ।

प्रतियोगिताअन्तर्गत मंगलबार संकटा फुटबल क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइजले यसअघि छहारी युथ क्लबलाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाइसकेको छ ।

सम्बन्धित खबर