२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

एन्फा महिला च्याम्पियनसिप : संकटा सेमिफाइनलमा

shivam cement
बिन्द्र राई
२०८२ फागुन ५ गते २०:०१
Shares
एन्फा महिला च्याम्पियनसिप : संकटा सेमिफाइनलमा

उदयपुर : उदयपुरको थारुहट रंगशाला, गाईघाटमा जारी एन्फा महिला फुटबल च्याम्पियनसिपअन्तर्गत चर्च बोइज युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित गर्दै संकटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा संकटाका लागि ३९औं मिनेटमा शुक्रिया मियाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । ४३औं मिनेटमा चर्च बोइजकी वर्षा ओलीले बराबरी गोल फर्काइन् । पहिलो हाफमा चर्च बोइजले पेनाल्टीबाट अग्रता लिने सुनौलो अवसर गुमाउँदा दुवै टिम १–१ को बराबरीमा पुगेका थिए ।

दोस्रो हाफमा संकटाले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै थप तीन गोल गर्न सफल भयो । ७०औं र ८३औं मिनेटमा विदेशी खेलाडी लुसिया लैला जोसेले दुई गोल गरिन् भने ७५औं मिनेटमा पूर्णिमा राईले एक गोल थपिन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । 

१० टिम सहभागी प्रतियोगितामा हालसम्म गाईघाट फुटबल क्लब, एफसी रियल, छहारी युथ क्लब, आरएस रिसोर्ट, न्यूरोड टिम र चर्च बोइज युनाइटेड प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब संकटा क्लबले अर्को खेलमा सशस्त्र प्रहरीको टिमसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल आगामी ९ गते हुनेछ । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा भइरहेको छ ।

सम्बन्धित खबर