२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

दक्षिण कोरियाबाट उत्तर कोरियामा चार पटक ड्रोन पठाएको खुलासा

shivam cement
२०८२ फागुन ७ गते ११:४०
Shares
दक्षिण कोरियाबाट उत्तर कोरियामा चार पटक ड्रोन पठाएको खुलासा

काठमाडौंः दक्षिण कोरियाका तीन नागरिकले वर्तमान सरकारको कार्यकाल सुरु भएदेखि उत्तर कोरियातर्फ चार पटक ड्रोन पठाएको र यसको पुष्टि सैन्य–प्रहरी अनुसन्धानले गरेको एकीकरण मन्त्रीले जानकारी दिएका छन् ।

दक्षिण कोरियाली एकीकरण मन्त्री चुङ डोङ–यंगले बुधवार आयोजित एक टेलिभिजन पत्रकार सम्मेलनमार्फत तीनजना दक्षिण कोरियाली नागरिकले उत्तर कोरियामा अनधिकृत रूपमा ड्रोन पठाएको जानकारी सार्वजनिक गरे ।  संयुक्त सैन्य–प्रहरी अनुसन्धान टोलीले गरेको विस्तृत छानबिनकाअनुसार वर्तमान सरकार सत्तामा आएदेखि हालसम्म चार पटक ड्रोन घुसपैठका घटनाहरू भएका छन्।

अनुसन्धान प्रतिवेदनले गत वर्षको सेप्टेम्बर २७, नोभेम्बर १६, र नोभेम्बर २२ का साथै यस वर्षको जनवरी ४ मा उत्तर कोरियाली सीमाभित्र ड्रोन प्रवेश गराइएको तथ्य उजागर गरेको छ । मन्त्री चुङले दुई कोरियाबीचको संवेदनशील सुरक्षा स्थितिका बीच यस्ता गतिविधिले तनाव बढाउन सक्ने चिन्ता व्यक्त गर्दै संलग्न व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको बताए । यस घटनाले सियोल र प्योङयाङबीचको सम्बन्धमा थप कूटनीतिक जटिलता थप्नसक्ने देखिएको छ । 

ताजा खबर

सम्बन्धित खबर