२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ

shivam cement
२०८२ फागुन ७ गते १८:३२
Shares
सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ

काठमाडौंः बेलायतका पूवै राजकुमार एन्ड्रयु माउन्टबेटन–विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ । एन्ड्रयु माउन्टबेटन बेलायतका राजा चाल्र्सका भाइ तथा पूर्व राजकुमार हुन् ।

थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफरी एपस्टीनसँग गोप्य जानकारी साझा गरेको आरोपमा पूर्व राजकुमारको उजुरीको अनुसन्धान गरिरहेको बताएपछि उनलाई पक्राउ गरिएको हो । एन्ड्रयुले लगातार दृढताका साथ आफुले कुनै पनि गलत कार्य नगरेको बताउँदै आएका छन् ।

उनको राजकुमार उपाधि गत वर्ष गुमेको थियो  भने उपाधिकोृ अन्त्यसँगै उनले रोयल लज, प्यालेस अफ विन्डसर पनि छोड्नुपरेको थियो । उनलाई प्रहरीले कहाँबाट पक्राउ गर्यो भन्ने खुल्न सकेको छैन, तर आज बिहान नोरफोकको स्यान्ड्रिङ्घममा केही नौला सवारी साधनहरू देखिएका थिए । उनी विन्डसरमा आफ्नो घर छोडेपछि स्यान्ड्रिङ्घममा बस्दैआइरहेका थिए । तिनिहरू प्रहरीले प्रयोग गरेका प्रहरीको सङ्केत नभएका सवारी साधन भएको विश्वास गरिएको छ।

पूर्व राजकुमार पक्राउ परेको यो पहिलो पटक हो । उनीमाथि दोषी यौन अपराधी जेफरी एपस्टीनसँग सम्बन्ध राखेको आरोप लगाइएको छ। बिबिसीको रिपोर्टका अनुसार उनलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको हो । यसैबीच, थेम्स भ्याली प्रहरीले एन्ड्रयूको गिरफ्तारीपछि एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो अनुसन्धानको एक भागको रूपमा, हामीले आज ९१९/२० सार्वजनिक कार्यालयमा दुव्र्यवहारको शङ्कामा नोरफोकबाट ६० वर्ष भन्दा बढी उमेरका एक व्यक्तिलाई पक्राउ गरेका छौँ। बर्कशायर र नोरफोकका ठेगानाहरूमा पनि खोजी भइरहेको छ। ती व्यक्ति अहिले प्रहरी हिरासतमा छन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘हामीले राष्ट्रिय निर्देशिकाअनुसार पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्दैनौँ । कृपया यो पनि ध्यान दिनुहोस् कि यो मुद्दा हाल सक्रिय छ, त्यसैले कुनै पनि प्रकारको प्रकाशन गर्दा अदालतको अवहेलनाबाट बच्न सावधानी अपनाउनु पर्छ।’ 


 

ताजा खबर

सम्बन्धित खबर