२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुडानमा ड्रोन आक्रमणमा कम्तीमा १५ बालबालिकाको मृत्यु

shivam cement
२०८२ फागुन ८ गते १०:५३
Shares
सुडानमा ड्रोन आक्रमणमा कम्तीमा १५ बालबालिकाको मृत्यु

खार्तुम : सुडानको एक विस्थापन शिविरमा यसै हप्ताको सुरुमा भएको ड्रोन आक्रमणमा परी कम्तीमा १५ बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघको बालबालिकामामिला निकाय (युनिसेफ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फेब्रुअरी १६ मा पश्चिम कोर्दोफानको अल सुनुतमा रहेको विस्थापन शिविरमा ड्रोन आक्रमणमा परी कम्तीमा १५ बालबालिकाको मृत्यु भएको र १० जना घाइते भएका छन् ।”

युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले भने, “हामीले डार्फरबाट पनि त्यस्तै विचलित गर्ने ढाँचाहरू देखिरहेका छौँ, जसमा मारिएका, घाइते, विस्थापित भएका र बाँच्नका लागि आवश्यक सेवाबाट काटिएका छन् ।”

ताजा खबर

सम्बन्धित खबर