२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

रंगेली नगरपालिकामा तोडफोड र नगरप्रहरीमाथि आक्रमण गर्ने ६ जना विद्यार्थी पक्राउ

ADV
मध्यान्ह
२०८१ जेठ २५ गते १५:००
रंगेली नगरपालिकामा तोडफोड र नगरप्रहरीमाथि आक्रमण गर्ने ६ जना विद्यार्थी पक्राउ

विराटनगर : मोरङको रंगेलीमा विद्यार्थीको समूहले रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गरेको छ । बिहीबार अपराह्न नगरपालिका पुगेको विद्यार्थीको समूहले नगरपालिका तोडफोड गर्नुका साथै नगर प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेको अभियोगमा मोरङ प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ भने उनीहरुविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने प्रहरीको तयारी छ । निजी विद्यालयले कानूनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले आक्रमण गरेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेहरुमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र छन् ।

विद्यार्थी समूहको आक्रमणमा परी ४ जना नगरप्रहरी घाइते भएका छन् । साथै उनीहरूले नगरपालिकाका कार्यबाहक मेयर एवम् रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

गत जेठ १३ गते विद्यार्थीको समूहले निजी विद्यालयले कानूनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरापालिकामा ज्ञापन पत्र बुझाएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise