२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

भारतको झारखण्डमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

shivam cement
२०८२ फागुन १२ गते १२:२८
Shares
भारतको झारखण्डमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौँ:  भारतको झारखण्डमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार राति झारखण्डको चतरा जिल्लामा भयानक विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई सहयोगी तथा दुई क्याप्टेन सवार थिए। चार्टर विमान ४१ वर्षीय संजय कुमार नामका बिरामी बोकेको एयर एम्बुलेन्स थियो र उनीसँगै उडानमा रहेका विकास कुमार गुप्ता नामका डाक्टर पनि रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

रांचीको बिरसा मुण्डा विमानस्थलबाट उडान भरेको केही समयपछि सम्पर्क टुटेको हो ।

नागरिक उड्डयन निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार, दिल्ली जाँदै गरेको बीचक्राफ्ट सी ९० एयर एम्बुलेन्सको कोलकातासँग सम्पर्क र राडार सम्पर्क टुटेको थियो। विमानमा सवार सबै सात जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खबर