
काठमाडौं : लोकगायक तथा सञ्चारकर्मी कमल बीके निर्मोहीको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित निर्मोहीको मंगलबार साँझ नेपालगञ्जस्थित निवासमा निधन भएको हो ।
निर्मोही शनिबार एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो । अस्पतालबाट मंगलबार निवास ल्याइएको थियो ।