काठमाडौं : यही महिनामा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज अन्तिम साता हुने भएको छ ।
मंगलबार युवा तथा खेलकुद मन्त्रायलयले पत्रकार सम्मेलन गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।
यसअघि जेठ महिनाको २२ देखि २८ गतेसम्म हुने भनिएको नवौं राष्ट्रिय प्रतियोगिता अब असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म आयोजना हुने छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले कानूनी प्रक्रिया र सार्वजनिक खरिद ऐनअनुरूप यसअघि तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न असम्भव भएको बताए ।
राष्ट्रिय खेलकुदका लागि ६० करोड भन्दा धेरै रकम खर्च नगर्न अर्थ मन्त्रालयले निर्देशन दिइसकेको छ ।
प्रतियोगिता लागि यसअघि नै लोगो, मस्कट र नारासमेत सार्वजनिक भइसकेका छन् भने ३८ खेलमा प्रतिस्पर्धा गराउने समेत निर्णय भइसकेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies