२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

‘ताते गर्दै’ बोलको गीत सार्वजनिक

shivam cement
२०८२ फागुन १४ गते १६:५८
Shares
‘ताते गर्दै’ बोलको गीत सार्वजनिक

काठमाडौंः  ‘ताते गर्दै’ बोलको गीत सार्वजनिक भएको छ । पुस्कर शाहको शब्द रचना, शिशिर योगीको संगीत, गायिका निता आचार्यको स्वर, बिबि अनुरागीको संगीत संयोजन, श्याम स्वेत रसाइलीको माष्टरिङ र शुकुराम रसाइलीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको निर्देशन किरण श्रेष्ठले गरेका छन् । 

भिडियोमा टेरेसा क्षेत्री, सुनिता श्रेष्ठ, कृष्मिला केसी, श्रीजान तामाङ र दिनेश घतानीको अभिनय रहेको छ । प्रताप सिंहले सिनेमेटोग्राफी गरेका छन् भने भिडियोमा बुद्ध तामाङको श्रृंगार छ । घण्टाहोम प्रोडक्सनमा पोष्ट प्रोडक्सन गरिएको यस गीतको भिडियो नीता आचार्यको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा बाल्यकालदेखिकाे जीवनका आरोह अवारोहमा माटोले दिएको सुवास प्रस्तुत गरिएको छ । आमाप्रति समर्पित गीतले जिन्दगी जिउने क्रममा जहाँ-जहाँ गए पनि आफ्नो परिवेशको सम्झाना साथ रहने भाव व्यक्त गरेको छ ।

सम्बन्धित खबर