२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नाति पनि मारिए

shivam cement
२०८२ फागुन १७ गते ०८:३६
Shares
आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नाति पनि मारिए

काठमाडौँ । इरानको सरकारी सञ्चार माध्यमले हमलामा सर्वोच्च नेता आयतुल्लाह अली खामेनीकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको जनाएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग सम्बन्धित फार्स समाचार एजेन्सीले उल्लेख गरेको छ कि यी आक्रमणमा खामेनीका परिवारका सदस्यहरू मारिएका हुन् ।

फार्सले थप उल्लेख गरेको छ, “यी हमलामा खामेनीकी एक बुहारीको पनि मृत्यु भएको बताइँदैछ।”यसअघि केही समाचारमा उनकी बुहारी र ज्वाइँको मृत्यु भएको दाबी गरिएको थियो, तर पछि त्यसलाई अस्वीकार गरिएको थियो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका छन् ।

सम्बन्धित खबर