२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बझाङमा १ सय ८३ मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारी खटाइयो

shivam cement
सत्यराज सिंह
२०८२ फागुन १८ गते २०:४३
Shares
बझाङमा १ सय ८३ मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारी खटाइयो

बझाङ : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि बझाङ जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लामा रहेका १ सय ८९ मतदान केन्द्र र १ सय ३७ मतदानस्थलमा आवश्यक तयारी पूरा हुने चरणमा पुगेको छ। दुईवटा अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको उनले जानकारी दिए ।

दुर्गम भूगोललाई मध्यनजर गर्दै निर्वाचन कार्यालयले चरणबद्ध रूपमा सामग्री र जनशक्ति परिचालन गरेको जनाएको छ । हिमाली क्षेत्रअन्तर्गत पर्ने साइपाल गाउँपालिकाका तीन मतदानस्थलमा शनिबार र दुई मतदानस्थलमा आइतबार नै सामग्रीसहित कर्मचारी पठाइसकिएको छ । अन्य पालिकाका मतदान केन्द्रमा पनि आजै सामग्री र जनशक्ति पठाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

सदरमुकाम नजिक रहेको जयपृथ्वी नगरपालिकाका ६ मतदान केन्द्रमा भने फागुन २० गते सामग्री र कर्मचारी पठाइने तयारी गरिएको छ । दुर्गम क्षेत्रमा समयमै सामग्री पुगोस् भन्ने उद्देश्यले प्राथमिकताका आधारमा परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत बनेपालीले बताए ।

निर्वाचनमा खटिएका कर्मचारीलाई सम्बन्धित केन्द्रमा पुगेर मतदानपूर्व सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिइएको छ । जिल्ला सुरक्षा समितिले पनि शान्तिपूर्ण र निष्पक्ष मतदानका लागि सुरक्षा रणनीति लागू गरिसकेको जनाएको छ ।

मौसम र भौगोलिक चुनौतीका बाबजुद तोकिएकै मितिमा मतदान सम्पन्न गराउने लक्ष्यका साथ सम्पूर्ण संयन्त्र परिचालन गरिएको निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

सम्बन्धित खबर