२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

shivam cement
२०८२ फागुन १९ गते १६:०१
Shares
भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

काठमाडौंः भारतीय एयरलाइन्सले युद्वका कारण मध्य पूर्वका देशहरुमा रोकिएका हजारौं यात्रुहरूलाई स्वदेश फर्काउनका लागि  सीमित व्यावसायिक सेवाहरू पुनः सुरु गर्ने जनाएको छ ।

लाखौँ दक्षिण एसियाली नागरिकहरू मध्यपूर्वका विभिन्न देशहरुमा रोजगारीको शिलशिलामा वसोवास गर्दै आएको जनाइएको छ । यसै गरी इन्डिगोले भने मध्यपूर्वका देशहरू बीचको हवाई सेवा सञ्चालनलाई क्रमिक रूपमा सामान्य बनाउदै लैजाने जनाएको छ ।

एयर इन्डिया एक्सप्रेसले मङ्गलबार देखि ओमानको राजधानी मस्कट जाने उडानहरू पुनः सुरु गर्ने बताएको छ । यद्देपी बहराइन, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स जाने उडानहरु भने हालसम्म स्थगित नै रहेको एयरलाइन्सले विज्ञप्ति मार्फत जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहराइन, साउदी अरेबिया र जोर्डनसहित मध्यपूर्वका धेरै नेताहरूसँग फोनवार्ता गरेको जनाउँदै सामाजिक सञ्जालमा मार्फत भारतीय नागरिकको संरक्षणको लागि सहयोगी भूमिका खेलिदिएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

आक्रमणमा अबु धाबीमा एकजना नेपाली र बहराइन र संयुक्त अरब इमिरेट्समा दुई बंगलादेशीसहित धेरै दक्षिण एसियाली नागरिकको मृत्यु भएको जनाइएको छ । प्रधानमन्त्री मोदीले सोमबार आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगसमेत फोनवार्ता गरी हालैको घटनाक्रमको बारेमा चिन्ता व्यक्त  गरेको र आफ्ना नागरिकको सुरक्षा प्राथमिकता बारे जानकारी लिएको जनाइएको छ । 

सम्बन्धित खबर