२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कतारविरुद्ध जासुसी गर्ने इरानी रिभोलुसनरी गार्डसँग सम्बन्धित दुई समूह पक्राउ

shivam cement
तिलु शर्मा पौडेल
२०८२ फागुन २० गते १८:३७
Shares
कतारविरुद्ध जासुसी गर्ने इरानी रिभोलुसनरी गार्डसँग सम्बन्धित दुई समूह पक्राउ

दोहा कतार : कतारविरुद्ध जासुसी गरेको आरोपमा १० जना इरानी नागरिक पक्राउ पक्राउ परेका छन् । कतारको आन्तरिक सुरक्षामा खटिएका अधिकारीहरूको निगरानी र ट्र्याकिङ अपरेसन मार्फत १० जना संदिग्धलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरू इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स लागि काम गरिरहेको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।

तीमध्ये ७ जनालाई कतारको महत्त्वपूर्ण तथा सैन्य पूर्वाधारसम्बन्धी सूचना संकलन गर्ने जासुसी कार्यमा खटाइएको थियो भने बाँकी ३ जनालाई विध्वंसात्मक गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिइएको थियो ।  उनीहरू ड्रोनको प्रयोग सम्बन्धी तालिम प्राप्त रहेको बताइएको छ । उनीहरूको साथबाट संवेदनशील संरचनाहरूका स्थानको जानकारी लिने तथा सञ्चार उपकरण र प्राविधिक सामग्रीहरू बरामद गरेको छ । अनुसन्धानका क्रममा उनीहरूले आफूहरू इरानी रिभोल्युशनरी गार्डसँग सम्बन्धित रहेको स्वीकार गर्दै जासुसी तथा विध्वंसात्मक मिसन सञ्चालन गर्न खटाइएको बताएका छन् ।

कतारको राज्य सुरक्षा विभागले नागरिक तथा बसोबास गर्ने सबैलाई सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ । यो घटना हालै मध्यपूर्वमा बढ्दो तनावको बीचमा आएको हो, जहाँ क्षेत्रीय सुरक्षासम्बन्धी चुनौतीहरू निरन्तर बढिरहेका छन् ।

सम्बन्धित खबर