२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक ३५ हजार घुससहित पक्राउ

Nada
२०८१ जेठ २५ गते १७:०८
Shares
नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक ३५ हजार घुससहित पक्राउ

काठमाडौं : नापी कार्यालय कपिलवस्कतु चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले गुप्तालाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

ncell

जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा गुप्तालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । गुप्ताको साथबाट सेवाग्राहीबाट लिएको ३५ हजार र स्रोत नखुलेको ५० हजार रुपैयाँ बरामद गरिएको अख्तियारले बताएको छ ।

अख्तियारले गुप्तालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर