२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

जापानमा सज्जनराज वैद्य लाईभ कन्सर्टको भव्य तयारी 

shivam cement
पूर्ण चलाउने
२०८२ फागुन २३ गते १६:३४
Shares
जापानमा सज्जनराज वैद्य लाईभ कन्सर्टको भव्य तयारी 

टोकियो : जापानको टोकियोमा सज्जनराज वैद्य लाइभ कन्सर्टको आयोजना गरिएको छ । उक्त्त कन्सर्टका लागि वैद्यसहितका १५ जना कलाकारहरू शनिबार टोकियो आइपुगेका छन् । 

कलाकारहरूलाई आयोजक समितिका तर्फबाट संयोजक बिरेन्द्र शाही लगायतका आयोजक टिमले हानेदा एअरपोर्टमा स्वागत गरेका थिए । 
कन्सर्टको सबै तयारी पुरा भएको पनि आयोजक समितिले जनाएको छ ।

कन्सर्ट यहि १० तारिख मंगलबार टोकियो स्थित योयोगी नेशनल स्टेडियममा हुँदै छ । कन्सर्टमा ब्याण्डले आफ्नो प्रस्तुती मार्फत जापानका दर्शकहरूलाई झुमाउने छ । 

तन्नेरी पुस्ताका अत्यधिक रुचाईएका सज्जनको कार्यक्रम जापानमा पहिलोचोटी हुन लागेको हो । जापानका नेपाली दर्शकका माझ नयाँ शैलीका साँगीतिक उभारले मंगलबार टोकियो गुञ्जायमान हुने आयोजकको दाबी छ । 

कन्सर्टमा करिब ४ हजार दर्शक आउने अपेक्षा गरिएको कन्सर्टका संयोजक शाहीले बताए । उक्त कन्सर्ट टोकियो बाहिर नागोया फुकुओका र ओसाकामा पनि आयोजना गरिने बताइएको छ ।

जिएमटी इन्टरनेशनल क. लि. को मुल ब्यानरमा हुन लागेको सो कन्सर्टमा येहे रेमिट्यान्स ईभेन्ट पार्टनर  रहेको छ भने रिलायबल लाईफ इन्स्युरेन्सको मुख्य प्रायोजन रहेको छ । समुद्रपारी डट कम मिडिया पार्टनर रहेको सो कन्सर्टको प्रोमोशन पार्टनरमा डिसी क्रियशन रहेको छ भने डिएनएस कम्पनी हस्पिट्यालिटी पार्टनरमा रहेको छ ।

सम्बन्धित खबर