२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

इरानले छिमेकी देशमा आक्रमण नगर्ने 

shivam cement
तिलु शर्मा पौडेल
२०८२ फागुन २३ गते १७:०३
Shares
इरानले छिमेकी देशमा आक्रमण नगर्ने 

दोहा कतार : इरानको अन्तरिम सरकारका  राष्ट्रपति मौसुद पेजेसहियनले इरानले आफ्ना छिमेकी देशहरूमा आक्रमण नगर्ने बताएका छन् । 

इरानको राजधानी तेहरानमा शुक्रवार सम्पन्न अन्तरिम सरकार परिषद्को बैठक पश्चात् जारी वक्तव्यमा यदि छिमेकी देशहरूबाट इरानमाथि आक्रमण सुरु भएन भने इरानले अब ती देशहरूमाथि आक्रमण नगर्ने राष्ट्रपति मौसुदले जारी गरेको भिडियो सन्देशमा बताएका छन् । 

एक भिडियो सन्देश जारी गर्दै राष्ट्रपति मौसुद्ले छिमेकी राष्ट्र सँग माफी समेत मागेका छन् । उनको भिडियो सन्देश जारी भएको केही मिनेटमै कतारको आकाशमा विस्फोटको आवाज सुनिएको बताइएको छ l जसले खाडी क्षेत्रका देशहरूमा आक्रमण अझै जारी रहेको सङ्केत गरेको छ ।

सम्बन्धित खबर