
काठमाडौंः अमेरिकी केन्द्रीय कमाण्डले जनाएअनुसार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु गरेको आक्रमणका क्रममा सातौं अमेरिकी सैनिकको मृत्यु भएको छ ।
फेब्रुअरी २८ मा इरानमा अमेरिका–इजरायल आक्रमण सुरु भएदेखि महिला र बालबालिकासहित कम्तीमा १ हजार ३ सय ३२ इरानी सर्वसाधारण मारिएका छन् । हजारौं घाइते भएका इरानका संयुक्त राष्ट्र संघका राजदूत अमिर सइद इरावानीले बताए ।