२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

रुकुम पूर्वका डिएसपी यादवमाथि छानबिन

shivam cement
प्रचण्ड खत्री
२०८२ चैत १ गते १२:४१
Shares
रुकुम पूर्वका डिएसपी यादवमाथि छानबिन

रुकुम पश्चिम : जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमाशंकर प्रसाद यादवमाथि छानबिन सुरु गरिएको छ । छानबिनका लागि उनलाई कार्यालयको जिम्मेवारीबाट हटाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर गराइएको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भर्ना गरिएका तीन जना निर्वाचन प्रहरीबारे विवाद उत्पन्न भएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यादवमाथि अनुसन्धान थालेको हो ।

यादवलाई जिम्मेवारीबाट हटाइएपछि रुकुम पूर्वमा डिएसपी केशव ज्ञवालीलाई खटाइएको छ ।

आरोपअनुसार यादवले बाराबाट तीन जनालाई रुकुम पूर्व बोलाएर निर्वाचन प्रहरीमा भर्ना गरेका थिए । तर उनीहरूलाई तालिम नदिएको र ड्युटीमा पनि नखटाएको भन्दै अन्य निर्वाचन प्रहरीले विरोध जनाएपछि घटना सार्वजनिक भएको हो ।

यादवमाथि आफ्ना नातागोता पर्ने व्यक्तिलाई भर्ना गरेर तालिम तथा ड्युटीमा परिचालन नगरी सेवा–सुविधा दिएको आरोप लागेको छ । यस विषयमा प्रदेश प्रहरीले थप छानबिन अघि बढाएको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर