२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित

shivam cement
२०८२ चैत २ गते ११:१२
Shares
सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित

काठमाडौंः भुमजैथाई पार्टीका सांसद सोफोन जराम आइतवार थाइल्याण्डको प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्वाचित भएका छन् । थाई संविधानअनुसार प्रतिनिधि सभाका सभामुख राष्ट्रिय सभाको अध्यक्ष पनि हुनेछन् । नयाँ सभामुखले शाही अनुमोदन पछि आधिकारिक रूपमा पदभार ग्रहण गर्नेनेछन् ।

गत महिनाको आम निर्वाचनपछिको पहिलो संसदीय अधिवेशनमा सोफोनले पिपुल्स पार्टीका उम्मेदवार परित वाचरासिन्धुविरुद्ध सभामुख पदका लागि उम्मेदवारी दिएका थिए । कार्यवाहक सभामुख पैरोज लोहसुन्थर्नले घोषणा गरेअनुसार गोप्य मतदानमा सोफोनले २ सय ८९ मत प्राप्त गरी नयाँ सभामुख बन्न सफल भए भने परितले १ सय २३ मत प्राप्त गरे । सोफोन जराम सन् २००८ मा भुमजैथाई पार्टीमा प्रवेश गरेका थिए र सन् २००८ देखि २०११ सम्म देशको यातायात मन्त्रीको रूपमा काम गरेका थिए ।

उनले सेप्टेम्बर २०२५ देखि थाइल्याण्डको कार्यवाहक उपप्रधानमन्त्रीको पद सम्हाल्दै आएका थिए । आफ्नो भिजन स्टेटमेन्टमा सोफोनले जनहितलाई अधिकतम बनाउन कृत्रिम बुद्धिमत्ता ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जस्ता आधुनिक उपकरणहरूसँग अनुभवलाई जोड्न संसदलाई आह्वान गरे । संसदीय संयन्त्रहरूले नागरिकका कठिनाइहरूलाई प्रकाशमा ल्याउन प्राथमिकता दिनुपर्ने र साथै व्यवस्थापिका र कार्यपालिका शाखाहरू बीच उच्च गुणस्तरीय, सन्तुलित र तर्कसंगत निगरानी सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । सभामुखको निर्वाचन पछि प्रतिनिधि सभाले आगामी दिनहरूमा प्रधानमन्त्रीको लागि मतदान गर्न अधिवेशन बोलाउनेछ । प्रतिनिधि सभाका आधाभन्दा बढी सदस्यको समर्थन प्राप्त गर्ने उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुनेछन् । 

सम्बन्धित खबर