२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

सर्लाहीमा युवकलाई निर्वस्त्र पारी कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ: ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत ३ गते ०९:३६
Shares
सर्लाहीमा युवकलाई निर्वस्त्र पारी कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ: ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

सर्लाही : सर्लाहीको कबिलासी नगरपालिकास्थित एक फन पार्कमा एक युवकलाई निर्वस्त्र पारी अमानवीय ढंगले कुटपिट गरेको घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सक्रिय भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले घटनामा संलग्न रोहित कुमार यादवलाई पक्राउ गरेको हो ।

गत फागुन २३ गते साँझ करिब ४:०० बजेको समयमा कबिलासी नगरपालिका वडा नं. १० स्थित चमेलीमाई मन्दिर पछाडि रहेको फन पार्कमा उक्त घटना घटेको थियो । सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नं. ९ बस्ने १९ वर्षीय प्रमित कुमार यादवलाई एक समूहले घेरी निर्वस्त्र बनाएर मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

उक्त कुटपिटको भिडियो केही दिनदेखि सामाजिक सञ्जालमा व्यापक भाइरल भएको थियो, जसको चौतर्फी आलोचना र दोषीलाई कारबाहीको माग भइरहेको थियो ।

भिडियोमा सेतो टि-सर्ट लगाएर कुटपिट गरिरहेका देखिएका रोहित कुमार यादवलाई प्रहरीले बिहीबार फागुन २९ गते पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार पक्राउ परेका यादवमाथि गम्भीर प्रकृतिका तीनवटा कसूरमा अनुसन्धान अगाडि बढाइएको छ । 
​​
कुटपिट तथा अंगभंग कसूर
​पक्राउ परेका अभियुक्तलाई सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । 'हामीले घटनालाई अत्यन्त गम्भीरताका साथ लिएका छौँ, भिडियोमा देखिएका अन्य संलग्न व्यक्तिहरूको पनि पहिचान भइसकेको छ र उनीहरूको व्यापक खोजी कार्य भइरहेको छ', प्रवक्ता राईले भने ।

प्रहरीका अनुसार उक्त घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको र उनीहरू हाल फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालयले विशेष टोली परिचालन गरी अन्य दोषीहरूलाई छिट्टै कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए । सार्वजनिक स्थलमा युवालाई निर्वस्त्र पारी कुटपिट गर्ने जस्तो जघन्य अपराध गर्ने जोकोहीलाई पनि नछोड्ने प्रहरीको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर