
काठमाडौंः दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकसहित १६ जनाको मृत्यु भएको छ ।
सिडोन जिल्लाको अरब अल–जाल सहरमा, स्थानीयहरूले ध्वस्त भएको आवासीय भवनको भग्नावशेष पन्छाएका थिए । लेबनानी आधिकारिक स्रोतहरूकाअनुसार यस आक्रमणले अन्य धेरैलाई घाइते बनाएको छ र यो दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको व्यापक तनावको एक हिस्सा थियो ।
लेबनानको हिजबुल्लाह समूहले खियाम नजिकै इजरायली सेनाको भेलातर्फ रकेट प्रहार गरेको, उत्तरी इजरायलको नहारियामा भारी गोलाबारी गरेको र मारौन अल–रासमा रहेका स्थानहरूमा ड्रोन आक्रमण गरेको बताएको छ ।