
दोहा : फोर्ब्सले सार्वजनिक गरेको सूचिमा मघ्यपुर्व मध्यपूर्व सहित कतारका ११ कम्पनी समावेश भएका छन् । सन् २०२६ को १०० मूल्यवान् तथा उत्कृष्ट कम्पनीहरूको सूचीमा कतारका ११ वटा कम्पनीहरू समावेश भएका हुन् । यस सूचीमा क्युएनबी ग्रुप (बैक) कतारको सबैभन्दा मूल्यवान् कम्पनीको रूपमा ११औँ स्थानमा रहेको छ। जसको बजार मूल्य ५०.२ अर्ब डलर रहेको छ।
पत्रिकाको ११औं शीर्ष स्थानमा रहेको कतारी कम्पनी हो भने इन्डष्ट्रिज कतार, कतार इस्लामिक बैक र ओरीडो ग्रुप लगायत अन्य प्रमुख कम्पनीहरू पनि समावेश छन् । रिपोर्ट अनुसार युएईका ३५ कम्पनीसहित पहिलो स्थानमा छ भने साउदी अरेबियाका ३४ कम्पनीसहित दोस्रो स्थानमा छ । मध्यपूर्वमा बैंकिङ क्षेत्र सबैभन्दा अगाडि देखिएको छ भने ऊर्जा क्षेत्र कम कम्पनी भए पनि ठुलो बजार मूल्यसहित प्रभावशाली रहेको उल्लेख गरिएको छ ।